कोरोना सन्क्रमित २५८ जना पुगे शुक्रवार ९ जनामा पुष्टि

२०७७, २ जेष्ठ शुक्रबार ०८:४५

पाल्पा । कोभिड – १९ का पुष्टी भएकाहरूको जम्मा संख्या २५८ पुगेको छ । शुक्रवार ९ जना थपिएपछी संक्रमण हुनेको संख्या २५८ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मकवानपुरका ३७ बर्षीय पुरुष, बाँके, नैनापुर – ०१, ०३ र ०५ का १८ , २० , २२ , २५ , २५ , २७ , ३२ , ३६ बर्षीय पुरुष रहेका छन । सन्क्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Comments

ताजा खबर