कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने ५ नम्बर प्रदेश मन्त्रिपरिषदको निर्णय, प्रभावित किसानलाई राहत

२०७७, १ जेष्ठ बिहीबार १९:१७

पाल्पा, – कोभिड -१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने ५ नम्बर प्रदेश मन्त्रिपरिषदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदले ब्यवसायीक कृषकलाई राहत दिन बिशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बिशेष कृषि कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया छुट्टयाइएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसी ले जानकारी दिनुभयो । उल्लिखित रकम साउन मसान्तसम्म खर्च गर्नुपर्ने सल्लाहकार केेेेसीले जानकारी दिनुुुभयो ।

मन्त्रिपरिषदले गरेका कृषि विशेष निर्णयहरु –

क. कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया
ख. बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने, ५ सय किसान लाभान्वित हुने, कम्तिमा २ देखि ६ रोपनी सम्ममा आलु खेती गरेको हुनुपर्ने, प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने ।
ग. व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम – दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने । ७ हजार लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने । मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने । यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने ।
घ. कोभिड – १९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम,
यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने प्रदेशका १ सय ९ वटै पालिकामा लागु गर्ने । व्यवसायिक खेतीका लागि मल विषादी, स-साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने । प्रति किसान २० हजारका दरले सहयोग गर्ने । १० हजार ९ सय लाभान्वित हुने ।
ङ. ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड
२ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने । ६ हजार लाभान्वित हुने ।
च. दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया
दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने ।
छ. बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया । सबै जिल्लामा सञ्चालन गर्ने । २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने । प्रति बिघा २० हजार रुपैंयाका दरले दिने । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने ।

Comments

ताजा खबर