तथ्यांक गलत रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सच्यायो, कोरोना संक्रमितको संख्या २४५ मात्र

२०७७, १ जेष्ठ बिहीबार ११:१५

पाल्पा । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २५० पुगेको जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक सच्याएको छ । बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांक गलत भएको भन्दै पुनः सच्याएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
बिहीबार बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी एकै विहानमा ७ जना कोरोना संक्रमित थपिएको सूचना प्रकाशित गरेको थियो। ५ जना थपिएको भनिएको सूचना प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मन्त्रालयले त्रुटि सच्याएको जानकारी गराएका हुन् ।

Comments

ताजा खबर