बदलिँदो युग र आदरणीय युगद्रष्टा

२०७७, ३१ बैशाख बुधबार २१:०२

नुमनाथ प्याकुरेल ।
युगद्रष्टा परिचय:-
नेपाललाई केवल विदेशी सिद्धान्तको प्रयोगशाला बनाइरहने र नेपाली जनतालाई पिछलग्गु बनाइरहेको नेपालको विद्यमान राजनीतिक परिदृश्यमा नेपाललाई नयाँ वैश्विक संरचनाको केन्द्र बनाउने संकल्प लिएर नेपालमा नयाँ आशा, आत्मविश्वास र आत्मियताको संचार गराउनु भएका जरो किलो महाअभियानका संकल्पकर्ता तथा मार्गदर्शक युगद्रष्टा डा निर्मलमणि अधिकारीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। युगद्रष्टा अवधारणा युग र द्रष्टा दुई शब्दहरूको सम्योजन बाट निर्माण भएको छ। युग परिवर्तित समयको द्योतक हो भने द्रष्टा युगको मार्गदर्शन गर्न अग्रसर व्यक्ति हो। विज्ञान र प्रविधिको विकास तथा मानिसको गतिशिल स्वभावका कारण विश्व निरन्तर विविधतामा रुपान्तरण हुँदैछ। निसंदेह बदलिँदो युगको मार्गदर्शन गर्नसक्ने युगान्तकारी जिम्वेवारीको निमित्त रहनु भएका बहुआयामिक प्रतिभका धनी युगपुरूष नेपालको विद्यमान नियन्त्रित संक्रमणकालको अन्त्य गरी, सबै रुप र सारमा परनिर्भरता तथा पिछलग्गुताको अन्त्य गरी नेपालको वैश्विक केन्द्रियता सुनिश्चित गर्न सहयोगी युगद्रष्टा डा. निर्मलमणि अधिकारीद्वारा अभिनिर्मित दर्शन, आधारशिला, सिद्धान्त, संगठन सम्रचना, संगठन पद्दति, कार्य पद्दति, दृष्टिकोण तथा लक्ष्य आत्मसाथ गरि ऐक्यवध्य बनि युग प्रवर्तनको पुण्यकार्यमा स्वक्रियात्मक अग्रसर बनौँ।

युगद्रष्टा निर्मलमणि अधिकारी

युगद्रष्टाको औपचारिक शिक्षा:-

निर्मलमणि अधिकारीको जन्म वि.सं. २०३३ जेठ १ गते भएको हो। सुप्रसिद्ध वैदिक विद्वान् पं. रुद्रमणि अधिकारी र रमादेवी अधिकारीका सुपुत्र निर्मलमणिको अक्षरारम्भ उहाँ कै पिताजीबाट भएको हो। पिताजीबाट वाचित देवी कवच, अर्गला र कीलक स्तोत्रहरु सुनेर अक्षरारम्भ नहुँदै कण्ठस्थ पारिसक्नु भएको हुनाले अक्षरारम्भका क्रममा तिनै स्तोत्रहरु पढ्नु भएको हो ।

व्रतबन्ध, गायत्री गुरु, दीक्षा गुरु र विद्यालय:-
निर्मलमणि अधिकारीको व्रतबन्ध सात वर्षको उमेरमा भएको हो। उहाँका गायत्री गुरु र दीक्षा गुरु पनि पिताजी पं. रुद्रमणि अधिकारी हुनुहुन्छ। निर्मलमणिको कक्षा १० सम्मको औपचारिक शिक्षा तनहुँ जिल्ला, हालको म्याग्दे गाउँपालिका, थर्पु बजारस्थित श्री मीन मा.वि.मा भएको हो । विद्यालयमा पढ्दा उहाँ प्रत्येक कक्षामा प्रथम हुनुभयो र पाँच पटक त सर्वप्रथम (विद्यालयभरिमा प्रथम) हुनुभयो । पाँच कक्षाको जिल्लास्तरीय प्रतियोगितामा उहाँ जिल्ला प्रथम हुनु भयो। वि.सं. २०४९ सालको एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभयो ।

विद्यालय कालमै उहाँले हाजिरी जवाफ, हिज्जे, वक्तृत्वकला, कविता र निबन्ध प्रतियोगिताहरुमा विद्यालयस्तर, स्रोतकेन्द्रस्तर, जिल्लास्तर, अञ्चलस्तर, पश्चिमाञ्चल विकास क्षेत्रस्तर र नेपाल राष्ट्रस्तरका प्रतियोगितामा पुरस्कार जित्नु भएको थियो। पिताजी पं. रुद्रमणि अधिकारीको प्रत्यक्ष सुपरिवेक्षणमा निर्मलमणिले सुरुमा सत्यनारायण कथा, दुर्गा सप्तशति (चण्डी), विभिन्न महात्म्यहरु र पछि शिव पुराण, श्रीमद्भागवत र श्रीमद्भदेवीभागवतका कथा प्रवचन पनि गर्नुभयो ।

पृथ्वीनारायण क्याम्पसमा आई.एस्सी. र बी.एस्सी. :-
निर्मलमणिले पोखरास्थित पृथ्वीनारायण बहुमुखी क्याम्पसमा भौतिक शास्त्र समूहबाट आई.एस्सी. र बी.एस्सी. पढ्नु भएको हो। क्याम्पसमा कविता वाचन, हाजिरी जवाफ प्रतियोगिता र निबन्ध प्रतियोगिता आदिका कारणले उहाँ चर्चित हुनु भएको थियो। पृथ्वीनारायण क्याम्पसमै पढ्दाको अवधिमा उहाँले दुइटा राष्ट्रिय निबन्ध प्रतियोगिताहरुमा स्वर्ण पदक र प्रथम पुरस्कार जित्नु भएको थियो। आई.एस्सी.पछिका केही महिना र बी.एस्सी.पछिको एक वर्ष उहाँले मा.वि. तहमा विज्ञान र गणित पढाउनु भएको थियो। आई.एस्सी. र बी.एस्सी. पढेकै समय अवधिमा उहाँको साहित्यिक सक्रियता, पत्रकारिता, पुस्तक लेखन, पत्रपत्रिकामा स्तम्भ लेखन, संस्थागत नेतृत्त्वदायी भूमिका प्रारम्भ भएको हो । तरंग साहित्यिक अभियान र नेपाली भाषा संस्कृति परिषद्को स्थापना भएको पनि एसै समय अवधिभित्र हो।

एम.एस्सी. पढ्न त्रिभुवन विश्वविद्यालयमा:-
उहाँ वि.सं. २०५७ मा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एम.एस्सी. (तथ्यांकशास्त्र) पढ्न भर्ना हुनुभयो। निर्मलमणिले एम.एस्सी.को विद्यार्थी रहेकै समय अवधिमा कीर्तिपुरमा देशका विभिन्न भूभागबाट आएका युवा विद्यार्थीहरुसँगको सहकार्यमा युग निर्माण अभियान नेपाल स्थापना गर्नु भएको हो।

एम.ए. र एम.फिल. :-
निर्मलमणिले पूर्वाञ्चल विश्वविद्यालयबाट एम.ए. (आमसञ्चार र पत्रकारिता) पढ्नु भएको हो । विशिष्ट श्रेणीसहित एम.ए. उत्तीर्ण गर्नुभएका उहाँले हिन्दू अवधारणामा सञ्चार प्रक्रिया शीर्षकमा शोधपत्र लेख्नु भएको थियो । सोही शोधपत्र मार्फत् उहाँले सञ्चारको साधारणीकरण ढाँचा अभिनिर्माण गर्नु भएको हो ।
उहाँले पोखरा विश्वविद्यालयबाट एम.फिल. (अंग्रेजी) पढ्नु भएको हो । एम.फिल. पढ्ने समयमै निर्मलमणिलाई काठमाडौँ विश्वविद्यालयले प्राध्यापनका लागि अनुरोध गर्यो र उक्त अनुरोध उहाँले स्वीकार गर्नु भयो । वि.सं. २०६३ देखि उहाँ काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।
विशिष्ट श्रेणीसहित एम.फिल. उत्तीर्ण गर्नुभएका उहाँले सञ्चारयोग शीर्षकमा शोधपत्र लेख्नु भएको थियो। भर्तृहरिको वाक्यपदीय एवं वेदान्त दर्शनका आधारमा निर्मलमणिले अभिनिर्माण गर्नु भएको सञ्चारयोग सिद्धान्त पनि अन्तरराष्ट्रिय प्राज्ञिक समुदायमा निकै प्रशंसित छ। सञ्चरयोग र सञ्चारको साधारणीकरण ढाँचाको हाल संसारका अनेकौँ विश्वविद्यालयहरुमा पठनपाठन हुन्छ ।

पीएच.डी. र पोस्ट्डक् अनुसन्धान :-
निर्मलमणिले नेपाल संस्कृत विश्वविद्यालयबाट पीएच.डी. गर्नु भएको हो । वैदिक दर्शनहरुमध्येको एक प्रमुख दर्शन मीमांसा र पश्चिमा पद्धतिको सञ्चार सिद्धान्तको इन्टरडिसिप्लिनरी रिसर्च गरी डा. अधिकारीले सञ्चार प्रक्रियाको भट्टमीमांसा दार्शनिक अध्ययन शीर्षकमा विद्यावारिधि शोध सुसम्पन्न गर्नु भयो । यो शोधबाट नयाँ सञ्चार सिद्धान्त र ढाँचा अभिनिर्माण भयो, जुन अहिले विश्वविद्यालय तहमा पठनपाठन हुन्छ ।
पीएच.डी. लगत्तै डा. अधिकारीले भारतको भोपाल (मध्यप्रदेश) स्थित माखनलाल चतुर्वेदी सञ्चार तथा पत्रकारिता राष्ट्रिय विश्वविद्यालयले भरतमुनि चेयर् रिसर्च फेलोशिप पाउनु भयो र पोस्ट्डक् अनुसन्धान गर्नु भयो । उहाँको शोधपत्र सन् २०१४ मा थ्योरी एण्ड प्राक्टिस् अफ् कम्युनिकेशन भरतमुनि शीर्षकमा प्रकाशित भई हाल अनेकौँ विश्वविद्यालयहरुमा पाठ्यपुस्तक, सन्दर्भ पुस्तक आदिका रुपमा पठनपाठन हुन्छ ।

प्रकाशनमा युगद्रष्टा:-
युगद्रष्टा गुरु डा. निर्मलमणि अधिकारी द्वारा लेखिएका ४ दर्जन पुस्तक, ३ हजार लेखरचना तथा सयौं अनुसंधनात्मक लेखहरू प्रकासित भएको पृष्ठभुमिमा केहि महत्वपुर्ण पुस्तकहरु यस प्रकार छन्।
१. महान् दार्शनिक कुमारिल भट्ट र भट्ट मीमांसा दर्शनको संक्षिप्त परिचय
२. सहृदयता दर्शनको प्राक्कथन
३. राज्यराष्ट्र अवधारणा र सिद्धान्त
४. मीमांसा दर्शन निर्देशन
५. वेद र वैदिक हिन्दू धारा
६. नेपालको पुनर्जागरणको अर्थ र आधार
७. आठ खण्डकाव्यहरू आयोदधौम्यका
८. Understanding Mass Media Research
९. Studying Mass Media Ethics
१०. संचार सिद्धान्तीकरण
११. प्रयोगात्मक पत्रकारिता
१२. विज्ञान, भक्ति र धर्म
१३. जीवन : अन्तर्दृष्टि
१४. विज्ञानको दृष्टि र धर्मको धारणा
१५. संचार मीमांसा
१६. वैज्ञानिक सत्ययुगको आधारशीला
१७. वेदको सामान्यज्ञान
१८. Communication, Media and Journalism an Integrated study.
१९. आमसञ्चार र पत्रकारिता

“युगद्रष्टा” उपाधिको इतिहास :-
तत्कालीन “युग निर्माण अभियान नेपाल” (स्था. २०५८) को प्रथम राष्ट्रिय सम्मेलनमा नवनिर्वाचित अध्यक्ष श्री भानुभक्त पोखरेलले समापन कार्यक्रममा अध्यक्षीय अभिभाषणका क्रममा प्रस्ताव गर्नु भई राष्ट्रिय सम्मेलनबाट सर्वसम्मतिले पारित भएअनुसार डा. निर्मलमणि अधिकारीलाई “युगद्रष्टा” उपाधिले सम्बोधन गर्न प्रारम्भ गरिएको थियो । “वैज्ञानिक सत्ययुग” को अवधारणा, आधारशिला र मार्गचित्र पनि प्रस्तुत गरी डा. निर्मलमणि अधिकारीले युगान्तकारी एवं युगप्रवर्तनकारी लक्ष्य मानव समाजलाई दिनु भएको हुनाले उहाँलाई “युगद्रष्टा” भन्नु पर्ने तथ्यलाई कविवर भानुभक्त पोखरेलले व्याख्या गर्नु भएको थियो ।

कविवर पोखरेल मृत्युञ्जय महाकाव्य, हिमवत्खण्ड महाकाव्य, जागृतिराग महाकाव्य लगायतका कृतिहरुका सर्जक हुनुहुन्छ र उहाँलाई मदन पुरस्कार, लेखनाथ पुरस्कार, देवकोटा पुरस्कार लगायतका पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । श्री भानुभक्त पोखरेलको संस्थापक अध्यक्षतामा वि.सं. २०५४ मा नेपाली भाषा संस्कृति परिषद् स्थापना भएको थियो।

सुप्रसिद्ध कविवर भानुभक्त पोखरेलको प्रस्ताव अनुसार युग निर्माण अभियान नेपालले प्रारम्भ गरेको सो सम्मानको परम्परालाई धेरै संस्थाहरुले संस्थागत रुपमै अवलम्बन गरेका छन्। संस्थागत रुपमा हालसम्म एक दर्जन संस्थाहरुले डा. निर्मलमणि अधिकारीलाई युगद्रष्टा भनी आदर सम्मानपूर्वक सम्बोधन गर्ने निर्णय गरिसकेका छन्। युगद्रष्टाको जन्मदिनलाई “युगनिर्माण दिवस” मानेर औपचारिक कार्यक्रम पनि आयोजना गर्न युगनिर्माण महिला समाज नेपालले प्रारम्भ गरेको हो।

नेपालको प्राचिन बैभव:-
हाल संसारमा अस्तित्वमा रहेका सर्वप्राचिन देशहरु मध्ये नेपाल विभिन्न कालखण्डमा आफ्नो सिमानमा उतारचढाव भएपनि स्थिति-गत्यात्मक प्रगतिउन्मुख प्राचिन वैदिककाल देखि अविछिन्न रहेको गौरवशाली यथार्थ हामी सामू छ । वैदिक कालदेखि हालसम्म अविच्छिन्न स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न रहेको नेपाल पछिल्लो समय राजानीतिक अस्थिरता र विपन्नताको चक्रव्यूहले नेपालको सभ्यता, संस्कृति, परम्परा र राष्ट्रियता नै नरहने अवस्था आइसकेको प्रतित भैरहेको छ। चारैतिर भद्रगोल, कोलाहल, चित्कार, रोदन तथा क्रन्दन कै बीच आशा र आत्मविश्वासका साथ मौलिक जरोकिलो महाअभियान, नेपालको राजनीतिक दृश्यमा बिज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक तथा सहृदयताको सम्बन्धको आधारशिला बनाएर बदलिँदो वैश्विक सम्रचनामा नेपालको केन्द्रियताको शंखघोष गरेर, विश्वको ध्यान नेपाल तर्फ खिच्ने सुनिश्चित छ।

युगनिर्माण सम्भव छ:-
स्थिति-गत्यात्मक प्रगतिउन्मुख विश्व संरचनामा नेपालको केन्द्रियता स्थापित गरि अबको संसारको मार्गनिर्देशन गर्न अग्रसर नेतृत्व जसले वैदिक सनातन हिन्दु, बौद्ध, किराँत, बोन, जैन, सिख लगायत नामांकन हुनै बाँकी थुप्रै धार्मिक तथा सांकृतिक तिक समुदाय जसको जरो(उत्पत्ति/उद्गम) तथा किलो(निर्णायकत्व/केन्द्रियता) यहि माटोमा भएर, सारा विश्वलाई जोड्नसक्ने वैश्विक मान्यता, ‘उदार चरितनाम् तु, बशुधैव कुटुम्बकम्’ तथा ‘सर्वहिताय सर्व सुखाय’ व्यवहारमै संस्थागत गर्न पथ प्रदर्शन गर्ने युग पुरूष, आदरणीय गुरु, डा. निर्मलमणि अधिकारीको अग्रसरता क्रमश: सारा विश्वले आत्मसाथ गर्ने छ।
नवयुगको नव विधि:-
युगयुगको आआफ्नो विधि, पद्धति, साधन, दर्शन, सिद्धान्त तथा प्रतिमान हुन्छन्। कुनै युगमा बाहुबलले सत्यनिर्धारण हुन्थ्यो। समय बदलिएपछि अर्थतन्त्रले सत्यनिर्धारण हुने स्थिति आयो। गतिशीलता कै कारण ज्ञानले सत्य निर्धारण हुने स्थिति विकसित हुँदैछ। हामीले बदलिएको युगको मागलाई ठम्याउन सक्यौँ र सारा विश्वलाई सहृदय दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, सहृदय अर्थतन्त्र तथा सहृदय समाज, बैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त बिज्ञानको दृष्टिकोण प्रस्तुत गर्न सक्यौँ। हामी विश्वस्त छौँ कि युगको कुरा सुन्ने नै अग्रणी हो।

जीवनको लक्ष्य सुख:-
जीवनको लक्ष्य सुख प्राप्त गर्ने की, खुसी प्राप्त गर्ने हो भन्ने बिषयमा लामै तर्कवितर्क गर्न सकिएला तर खुसीको अग्रता निर्विकल्प हो। विगतमा पनि मानवीय सुखका लागि थुप्रै विद्वानहरुले सकारात्मक प्रयत्न गरेकै कारण आजको उपलब्धि हासिल भएको हो। एकथरीलाई आजको उपलब्धि नै अत्याधिक हो भन्ने लाग्ला र अर्काथरिलाई आजको विज्ञानको बुद्धि र प्रविधिको प्रगतिले हासिलगरेको चिज संकिर्ण भौतिकवादी तथा महंगो उपभोक्तावादी लाग्ला तर आजको समाजको सकारात्मक पक्ष नियाल्दा सापेक्ष प्रगतिलाई निसंदेह ग्रहण गर्दै अपुग उपलब्धिको प्राप्तिमै हामी केन्द्रीकृत हुनु नै श्रेयष्कर हुन्छ।

विज्ञान र प्रविधि अपरिहार्य:-
आजको समाजको उपलब्धीको आधार विज्ञानको बुद्धि र प्रविधिको प्रगतिको नकारात्मक पक्ष संसार ध्वस्त पार्नसक्ने सम्भावनाको सर्तमा हासिल गरिएको यथार्थ हो। हामिले यस संवेदनशीलताको व्यवस्थापन धर्मको विवेक र सहृदयताको सम्बन्ध बाट हो। यसमा कसैको बिमती हुनेछैन । एकैछिन पुर्वाग्रह भन्दा बाहिर निस्किएर हेरौँ त, संसारको गतिशीलताले समाजलाई उत्तरआधुनिकता र भूमण्डलिकरण भन्दा अगाडि, भूस्थानियकरणको तहमा पुर्याई सकेको छ तर हामि भूमण्डलिकरणको सैद्धान्तिक जालमा फसेका छौँ ।

साझा वैदिक सनातन धर्म तथा संस्कृति:-
वेद, त्रिपिटक, मुन्धुम सापेक्ष हामी हाम्रा बिचार सम्प्रेषण गरिरहेका छौँ । प्राथमिक श्रोतका आधारमा प्रायोगिक अनुसंधान र निरक्षिर विवेक लगाएर सामाजिक विचलनका कारण भित्रिएका बिकृती तथा विसंगतिहरु अनुसंधान, परिक्षण र पुनःपरिक्षणको पद्धतिबाट निर्क्यौल गरि कामलाग्ने चाहिँ सम्हालेर दिक काल नसुहाउँदा चालचलन, कुसंस्कार तथा कुरितिहरुलाई स्थिती-गत्यात्मक प्रगतिवादको कसिमा तौलेर त्याग्ने पद्धति समाजको मुलधार तुल्याउने हाम्रो प्रयत्नमा वादविवाद गरेर भाँड्ने भन्दापनी स्वकृयात्मक अग्रसरता लिनुनै श्रेयस्कर हुन्छ हैन र?

सहृदय दर्शन, आधारशिला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, सहृदय अर्थतन्त्र, सहृदय समाज स्थापना गर्न अनुसंधान, उधमशिलता तथा व्यक्तित्व विकास गर्दै, आशा, आत्मियता तथा आत्मविश्वास जगाउन स्वकृयात्मक अग्रसरता लिने कुराको बिरोध हैन सहभागी भएर आआफ्नो क्षमताको युगदानका लागि अग्रसरता लिऊँ। पृथ्वीनारायण शाह निसंदेह नेपालको पुनर्जागरणका सम्वाहक तथा नेपाल राष्ट्रका नायक हुनुहुन्छ। योगी नरहरिनाथको ब्याक्तित्व तथा कृतित्वलाई हामीले हाम्रो जीवनशैलीमा उतार्नु र पथ प्रदर्शक राष्ट्रगुरु मान्नु पर्दछ। कुरा चाहिँ क्रान्तिकारी गर्ने तर व्यवहारचाहिँ तिनै विदेशी बिधर्मिको पिछलग्गु बन्ने तथा उपभोक्तावादी विधर्मी सिद्धान्तमा परनिर्भर भइ राष्ट्र तथा राष्ट्रियताको सम्भार नभई सम्हारगर्न अग्रसर गत्यात्मक कपुतन्त्रिय सिद्धान्तको मतियार बन्ने प्रवृत्ति त्याग्नु नै श्रेयस्कर हुन्छ।

युग निर्माणका सकारात्मक संकेत:-
आदरणीय गुरुको विशिष्ट नेतृत्वमा, हाम्रा सामुहीक कर्तित्व र जरोकिलो महाअभियानको संस्थागत स्वामित्वको परिणामस्वरूप, केहि वर्षको अथक परिश्रमले, धेरै ठूलो नेपाली जनसंख्यामा विक्रम संवत् नेपाली मौलिक संवत् हो अथवा आयातित संवत् हो भन्ने भ्रम चिर्न सफल भएका छौँ । नश्लिय तथा संकिर्ण कित्ताकाटको वैश्विक मान्यतालाई प्रतिस्थापन गर्न उदार चरित्रको राज्यराष्ट्र अवधारण तथा सिद्धान्तले सार्वजनिक वहसमा प्रश्रय पाउने अवस्था सृजना गर्न सफल भएका छौँ । विभिन्न विद्वान तथा संगठनहरुले औपचारिक रुपमै राज्य, राष्ट्र तथा राष्ट्रियताको परिभाषा गर्दा राज्यराष्ट्र सिद्धान्तको सन्दर्भ लिने अवस्था निर्माण भएको छ। विद्यमान सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक संरचनाहरूको ध्वंस गरेर हैन निरक्षिर विवेक लगाएर प्राचिनताबाट अविछिन्न रहेर स्थिति-गत्यात्मक प्रगति बारे विभिन्न तह र तप्काका सत्संगमा प्रश्रय पाएको छ। द्वन्द्वात्मक भौतिकवाद हैन सह्रदय दर्शनले मात्रै विश्व शान्ति स्थापना हुन सक्छ भनेर स्वीकार गरिनु तथा वैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त विज्ञानको दृष्टिकोणले विद्वत बर्गको ध्यान आकर्षण गर्नु। विविधतालाई समस्या र झमेला हैन, अवसर र सम्भावना देख्ने/मान्ने दृष्टिकोण बदलिनुले हामी सहि दिशामा अग्रसर भएका छौँ भन्नेकुराको महत्वपूर्ण प्रमाण हो।

निश्कर्ष:-
चाणक्य अथवा विष्णुगुप्तको कृति कौटिल्यको अर्थशास्त्र पछि, दक्षिण एसियामा मात्रै हैन पुरै एसियामा मौलिक ज्ञान परम्परामा आधारित कुनै दर्शन, सिद्धान्त, मताग्रह, दृष्टिकोण, कार्य पद्धति, संगठन संरचना तथा आधारशिला तथा लक्ष्य जसले नेपाल, दक्षिण एसिया तथा एसिया महादिपको मात्रै हैन सारा विश्वकै विद्यमान समस्याहरूको समाधान दिन सक्ने दर्शन, सिद्धान्त, रणनीति, कार्यनीति, सांगठनिक पद्धति, शिक्षा नीति, स्वास्थ्य नीति अभिनिर्माण गर्न सक्ने विद्वान जो संचार सिद्धान्तको अभिनिर्माणबाट परिक्षित समेत हुनुहुन्छ त्यस्ता विद्वानलाई अर्को चाणक्य भनेर प्रचार गरेको हैन, वहाँको व्यक्तित्व र कृतित्वको आधारमा युगद्रष्टा पदवीको दावी गरिएको हो। यस्ता युगपूरूषको आज जेष्ठ १ गते पर्न गएको जन्मदिवसलाई युगनिर्माण दिवसको रूपमा पाउँदा हामि गौरवान्वित छौँ। युगद्रष्टा गुरुलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु