२४ जनामा थप कोरोना पुष्टी, संक्रमितको संख्या २४३ पुग्यो, प्रदेस ५ का मात्र २१ जना

२०७७, ३१ बैशाख बुधबार २०:२०

पाल्पा । कोभिड – १९ पुष्टी भएकाहरूको संख्या २४३ पुगेको छ । बुधबार २४ जना थपिएपछी संक्रमण हुनेको संख्या २४३ पुगेको हो । संक्रमण भएका मध्य प्रदेस ५ का मात्रै २१ जना रहेका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षण अनुसार नयाँ २४ जनामा पुष्टी भएको हो ।

रुपन्देही जिल्लाका ९ जना पुरुष, ३ जना महिला, कपिलबस्तु जिल्लाका ८ जना पुरुष, पर्सा जिल्लाका २ जना पुरुष, १ जना महिला र नवलपरासी का १ जना पुरुष रहेका छन । संक्रमण ब्गएका सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

Comments

ताजा खबर