जिल्ला बन कार्यालय पाल्पा द्वारा जोखिमपूर्ण अवस्थामा चितुवाको उद्धार

२०७७, ३१ बैशाख बुधबार ०८:२४

पाल्पा । मनब र बन्यजन्तु बिचको द्वन्द्व बढिरहेको बेलामा पाल्पामा भने तारमा अल्झिएको चितुवाको उद्घार गरिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा न. ३ स्थित भुवनपोखरिको छचुवामा भेटिएको बयस्क चितुवाको जिल्ला बन कार्यालय पाल्पाले उद्घार गरेको हो ।
तारमा अल्झिएर बेवारिसे बनेको चितुवालाई ४ घन्टाको निरन्तर प्रयास पछि नियन्त्रणमा लिन सफल भएका जिल्ला बन कार्यालयले जनाएको छ ।

“बयस्क अबस्थाको चितुवा ब्यबस्थापन आफैमा चुनौतीपूर्ण त थियो नै, यद्यपि वन कर्मचारीहरु, जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानिय बासिन्दाहरुको पुर्ण सहयोगको कारण मात्र चितुवाको उद्धार सम्भव भयो” बन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । वन्यजन्तु उद्धार कार्यमा पहिलोपटक जे सि बि को समेत प्रयोग गरिएको छ । रैनादेवी छहरा वडा नम्बर ३ का अध्यक्ष लगायत जनप्रतिनिधिहरु, डिभिजन वन कार्यालय, मुझुङ्ग ईलाका प्रहरी कार्यालयका, रिब्दिकोट सब डिभिजन वन कार्यालय, स्थानिय बासिन्दाहरुको सहयोगमा उद्धार कार्य सफल भएको पोखरेलले जानकारी दिनुभयो ।

उद्धार गरिएको चितुवाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । चितुवा लाई डिभिजन वन कार्यालय पाल्पामा राखिएको छ । पाल्पा जिल्लामा वन्यजन्तु विशेषज्ञ डाक्टर सहितको डार्टिङ्ग टिम नहुदा उद्घार कार्य जटिल बनेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु