विराटनगरमा अनेरास्ववियूले मोदिको पुत्ला जलायो ।

२०७७, ३० बैशाख मंगलवार २०:३२

विराटनगर ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू) का नेता तथा कार्यकर्ताले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएका छन्। भारतले नेपाली भुमी अतिक्रमण गरेको विरोधमा अनेरास्ववियूमा आवद्ध विद्यार्थी नेता तथा कार्यकर्ताले मोदिको पुत्ला जलाए ।

भारतले नेपाली भूमी मिचेर चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा अनेरास्ववियूले आज विराटनगरमा प्रदर्शन गरेको हो ।  पर्दर्शनका क्रममा अनेरास्ववियुका तत्कालीन केन्द्रिय सचीव तथा हालका अनेरास्ववियु केन्द्रिय नेता ओसिम आलम, नेकपाका युवा नेता अनेरास्ववियूका पुर्व नेता देवा यादव , अनेरास्ववियूका निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहता, अनेरास्ववियू मोरङ जिल्ला सदस्यहरु बिकास महतो, शिवराम शहनी,जोसेफ घिमिरे,अभिमन्यु यादव, निर्मल भण्डारी, धर्मेन्द्त ऋषिदेव राज यादवको उपस्थिति थियो। त्यस्तै अन्य अनेरास्ववियूमा आवद्ध शिव रतन शाह, आशिक भट्टराई , अमर मण्डल, लगायतको उपस्थितिमा प्रदर्शन गरेका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु