नर्सिङ दिवसको अवसरमा नेविसंघ पाल्पाद्वारा स्वास्थ सामाग्री बितरण

२०७७, ३० बैशाख मंगलवार १४:२१

पाल्पा । विश्वभर कोरोना संक्रमण फैलिएको बेला पाल्पामा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने मास्क र ग्लोब्स वितरण गरिएको छ । अन्तर्राष्ट्रिय नर्सिङ् दिवसको अवसर पारेर पाल्पाका नेपाल विद्यार्थी संघ पाल्पाले स्वास्थ्य सामाग्री बितरण गरेको हो । पाल्पा अस्पताल, लुम्विनी मेडिकल कलेज र मिसन अस्पताललाई संघले मास्क र ग्लोब्स वितरण गरेको जनाएको छ । बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति माननीय वीर रानाले वर्तमान समयमा आतंक फैलाएको कोरोना भाइरस विरुद्ध विश्वभरका सम्पुर्ण नर्सहरु एक जुट भै छिटै परास्त पार्न सकुन भन्दै अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सम्पुर्णमा शुभकामना ब्यक्त दिनुभएको नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस इकाईका अध्यक्ष सुवास गैरेले जानकारी दिनुभयो । मास्क तथा ग्लोब्स वितरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । नेपाल विद्यार्थी संघ पाल्पाले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु