एकै दिन ५७ जनामा कोरोना संक्रमणको पुष्टि

२०७७, ३० बैशाख मंगलवार १३:४६

पाल्पा । मंगलबार ५७ जनामा कोरोना संक्रमणको पुष्टी भएकासङ्गै नेपालमा सन्क्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षणमा थप ५७ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । नयाँ पुष्टी भएका ५७ जना मध्ये कपिलबस्तु जिल्लाका ८, रुपन्देही जिल्लाका ९, पर्सा जिल्लाका ३९, र बारा जिल्लाका १ जना रहेका छन । संक्रमण भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालय का अनुसार सन्क्रमित सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको छ । सन्क्रमित सबैजना पुरुष रहेका छन ।
एकैपटक धेरै संख्यामा संक्रमण थपिए संगै सर्बसाधारणमा त्रास फैलिएको छ ।

Comments

ताजा खबर