भारतमा रेल सेवा सुरु दिल्लीसहित १५ शहरहरुमा सन्चालन हुने 

२०७७, ३० बैशाख मंगलवार २१:४५

पाल्पा । कोरोना संक्रमणको त्रासका बीच भारतमा रेल सेवा सुरु हुने भएको छ ।  भारतिय रेल मन्त्रालयले रेेेल सन्चालनको तालिका सार्वजनिक गरेपछि सोमबार देखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।

रेल चढेर गन्तव्यमा जान पाएकोमा यात्रुहरु खुसी देखिन्छन । केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ । रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्‍याउन ४६८ वटा रेल सञ्चालन गरिएको छ । कोरोना संक्रमणको त्रासका बीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सञ्चालन गर्ने तयारी रहेको छ ।

यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सञ्चालनको तयारी भइरहेको भारतीय सञ्चार मध्यमहरुले जनाएका छन् । दिल्ली मेट्रोले पनि सेवा सुचारु गर्ने तयारी गरेको जनाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली मेट्रो २२ मार्चदेखि बन्द गरिएको थियो । यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई आफ्नो गाउँघरसम्म पुर्‍याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । भारतमा लकडाउन खुकुलो गर्दै रेल तथा सार्बजनिक यातायात सन्चालन हुने भएपछि नेपालमा त्रास फैलिएको छ । एजेन्सिको सहयोगमा । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु