संक्रमितको संख्या १३४ पुग्यो, एकैदिन २४ जनामा कोरोना पुष्टि कपिलवस्तु जिल्ला सिल गरियो

२०७७, २९ बैशाख सोमबार २०:२३

पाल्पा । सोमबार पटक – पटक गरी २४ जना कोरोना संक्रमित भेटिएपछी नेपालमा कोरोना संक्रमित (कोभिड – १९) का पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टी भएसङ्गै कुल सन्क्रमित को संख्या १३४ पुगेको हो । कपिलवस्तुका १६, रुपन्देहीका ६, बर्दियाका १ र सप्तरीका १ जना सहित २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमण भएका सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको छ ।
पछिल्लो समयमा कपिलवस्तु जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछी जिल्लालाइ सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकबाट जेष्ठ ५ गते सम्मको लागी जिल्लाका सबैनाका सिल गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तु र रुपन्देहीमा समेत कोरोना संक्रमण बढेसङ्गै यस क्षेत्रमा त्रास बढेको छ ।

Comments

ताजा खबर