संक्रमितको संख्या १२०,कपिलवस्तुमा थप १० जनामा संक्रमण पुष्टि l

२०७७, २९ बैशाख सोमबार १२:२७

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि गाउँपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

ताजा खबर