यामाहाको प्रिमियम मोटरसाइकल, १२५ सीसीमा यस्ता छन् विशेषता

२०७७, २८ बैशाख आईतवार १४:३२

मोटरसाइकलले एमटी सिरिजमा नयाँ मोटरसाइकल एमटी १२५ यूरोपबाट सार्वजनिक गरेको छ । भारतमा कम्पनीले उक्त मोटरसाइकल अहिले उत्पादन गर्ने वा नगर्ने भन्ने विषयमा केही जानकारी दिएको छैन ।

पछिल्ला दिनमा नयाँ डिजाइन र स्टाइलका मोटरसाइकल उत्पादनलाई तिब्रता दिदै आएको यामाहो एमटी सिरिजमा एकपछि अर्को मोटरसाइकल बनाउँदै आएको छ ।

कम्पनीले १५५ सीसी क्षमताको एमटी १५ गतवर्ष नेपालमा पनि सार्वजनिक गरेको थियो । साथै, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा एमटी २५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । संभवत आगामी जुनसम्ममा यसलाई बजारमा उतार्ने छ ।

कम्पनीले एमटी १२५ को नयाँ जेनेरेशन मोडलमा सिग्नेचर एलइडी पाइलट ल्याम्प, वाइ फङ्गसनल एलइडी हेड ल्याम्प दिइएको छ । नयाँ एमटी १२५ मा दिइएको सस्पेन्सन, च्याचिस, ब्रेक र अन्य थुप्रै पार्टस एमटी १५ बाट लिइएको छ ।

कम्पनीले नयाँ एमटी १२५ मा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिएको छ । जुन भीभीए टेक्नोलोजीमा आधारित रहेको छ । ६ स्पीड गियरबक्समा आएको यो मोटरसाइकलमा दिइएको इन्जिनले अधिकतम पावर १४.७ बीएच र पिक टर्क १२.४ एनएम जेनेरेट गर्छ ।

एमटी १२५ को अगाडि इन्भटेड र पछाडि मोनोसक दिइएको छ । मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएसले मोटरसाइकलाई निकै सुरक्षीत बनाएको छ ।

१७ इन्चको अलोय ह्वील, फुल डिजिटल एलसीडी क्लस्टर, नेभिगेसन डिस्प्ले र आरामदायी स्प्लीट सिटले यो मोटरसाइकललाई निकै आकर्षक बनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु