कोरोना बिरुद्धको अभियानमा सुरक्षाकालागी राष्ट्रिय युवा संघ पाल्पा रात्री गस्तीमा

२०७७, २७ बैशाख शनिबार १०:४५

पाल्पा । कोरोना संक्रमण फैलिरहेको अवस्थामा पाल्पामा भने कोरोना बिरुद्धको अभियानमा सुरक्षाको लागी राष्ट्रिय युवा संघ पाल्पाले रात्री गस्ती गरेको छ । भारतीय तरकारी तथा फलफूलहरु पाल्पा जिल्लामा प्रवेश भएको सूचनाका प्राप्त भएपछी राष्ट्रिय युवा संघ पाल्पाले रात्री गस्ती गरेको जनाएको छ ।


२६ गते रातको समयमा भारतीय तरकारी तथा फलफुल अत्याधिक रुपमा पाल्पातिर आउदै गरेको भन्ने सुचनाको आधारमा पाल्पाको दोभानमा राती ८:३० देखी २७ गते बिहान २:२० बजे सम्म गस्ती गरिएको युवा संघ पाल्पाका गुँरास आत्रेय ले जानकारी दिए । उनका अनुसार एउटा बोलेरो पिकअपमा १२ जना सर्लाही बाट बाग्लुङ जाने मानिसहरूलाई यथास्थानमा जिल्ला प्रहरी प्रमुखको सहाएतामा फिर्ता गरिएको बताइएको छ । श्रोत नखुलेका फलफुल तथा तरकारी ल्याएका ३ वटा बोलेरो पिकअप आएकै स्थानमा फिर्ता गरिएको बताइएको छ । तरकारी तथा फलफुल सहितको गुल्मी जाने ५ वटा बोलेरो पिकअप लाई प्रहरिको निग्रानिमा सिधै गुल्मी जाने सर्त र गुल्मिको प्रसासन संग सम्वन्नय गरी पठाइएको युवा संघले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र दोभान प्रहरी चौकीको समन्वयमा रातको समयमा गस्ती गरिएको राष्ट्रिय युवा संघ पाल्पाले जनाएको छ । कोरोना संक्रमण तराइका जिल्लाहरु फैलिरहेकोले पाल्पामा पनी जोखिम बढेको हुदा उच्च सर्तकता अपनाउन आवस्यक छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु