नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कम्पनीका श्रमिक, मजदुर र मालिक बिचको कथा

२०७७, २७ बैशाख शनिबार ०९:२४

पाल्पा । शान्तराम सधैं ठिक समयमा कम्पनीमा पुग्थे । आफुले गर्नुपर्ने काम एकदम मेहेनत र लगनले गर्थे । नचाहिने कुरामा पटक्कै ध्यान दिँदैनथे । अरु संग घुलमिल हुने साथी बनाउने हाँसो मजाक गर्ने जस्ता कुरा सायद उनले जानेकै थिएनन् होला । सामान्य भन्दा फरक स्वभावका शान्तरामको अनुहार सधैं एकैनासको हुने हुँदा उनी खुसी छ्न् कि दुखी छ्न् भन्ने पत्ता लगाउन कसैले सक्दैनथे । कसैले बोलाए बोल्थे, काम पर्यो भने मात्र अरुलाई बोलाउँथे नत्र ड्युटी सकिए पछि चुपचाप आफ्नो घर जान्थे ।

शान्तरामको काम देखि कम्पनीका मालिक रघुनाथ साह्रै खुसी थिए । उनको अलग स्वभाव देखेर संगै काम गर्ने अरु कर्मचारीहरु लाई अनौठो लाग्थ्यो । अनौठो लागे पनि शान्तराम त्यो कम्पनीको सबै भन्दा पुरानो सिनियर कर्मचारी भएको हुँदा उनको निजी जिन्दगी र स्वभावको बारेमा सोध्ने आँट कसैले गर्दैनथे ।

एकदिन शान्तराम काममा गएनन् । यो कुरा थाहा पाएपछि रघुनाथको मनमा कुरा खेल्न थाले । बर्षौं सम्म एकदिन पनि काम नछोड्ने मान्छे आज किन काममा आएन होला ! साह्रै सन्चो नभएर नआएको होला कि ! लामो समय देखि तलब पनि बढाएको छैन, सायद तलब थोरै भयो भनेर रिसाएर नआएको हो कि ! यस्तै यस्तै कुराले पिरोल्न थालेपछि रघुनाथले शान्तरामको तलबमा २००० रुपैयाँ बढाउने निर्णय गरे ।
भोलिपल्ट शान्तराम कम्पनीमा आउने बित्तिकै रघुनाथले आफ्नो अफिसमा बोलाएर उसको तलबमा अरु २००० रुपैयाँ बढाएको कुरा सुनाए । तलब बढेको खबर सुन्दा पनि शान्तरामको अनुहारमा कत्ति खुसी देखिएन । तलब बढाउने कम्पनीका मालिक रघुनाथलाई धन्यवाद सम्म पनि नभनी आफ्नो काम तिर लागे ।
जस्तो सधैं हुन्थ्यो ठिक त्यस्तै हाउभाउ ! शान्तरामको कुनै किसिमको प्रतिक्रिया नदेख्दा रघुनाथलाई हल्का रिस उठ्यो, कस्तो खालको मान्छे रहेछ भन्ने अलिकति अचम्म पनि लाग्यो । समय बित्दै गयो सधैं जसरी नै शान्तरामले काम गर्दै गए, यसैगरी दिन हप्ता हुँदै महिनौं बित्यो ।
आज फेरि शान्तराम ड्युटीमा आएनन् । एक, दुई, तीन दिन हुँदै एघार बाह्र दिन भैसक्यो उनी ड्युटीमा नआएको । कम्पनीको पुरानो र महत्त्वपूर्ण जिम्मेवारी समालेका कर्मचारी यत्रो दिन सम्म काममा नआएको हुँदा रघुनाथलाई साह्रै रिस उठ्यो । तलब बढाएको हुँदा ठूलो पल्टेर काममा नआएको हुनसक्ने अनुमान लगाएर बढाएको तलब फिर्ता गरि पहिला जति थियो त्यति मात्र दिने निर्णय रघुनाथले गरे ।

जुन दिन म काममा आएको थिईन, त्यो दिन मेरो छोराको न्वारान थियो । त्यतिबेला तपाईंले बढाएको पैसा मेरो छोराको भाग थियो, छोराले पाउन पर्ने भाग पाउँदा म खुसी हुनुपर्ने कारण थिएन । आज बुबाको काजकिरिया सकेर आएको हुँ, तपाईंले घटाएको पैसा मेरो बुवाको भाग थियो जो मैले पाउने कुरै भएन । अनि म किन दुखी हुनु ? कसलाई, कहिले, कति, कसरी, कहाँ, र के दिने र लिने भन्ने कुराको निर्णय भगवानले गर्ने हुँदा मान्छेको अगाडी आफ्नो दु:ख वा खुसी नै प्रकट गर्न पर्छ जस्तो मलाई लाग्दैन ।”

१४ औं दिन शान्तराम कम्पनीमा आए । दुई हप्ता पछि काममा फर्केका शान्तरामलाई रघुनाथले आफ्नो अफिसमा बोलाएर साह्रै हपारे, नानाथरी भन्दै तलबमा बढाएको रकम घटाउने निर्णय सुनाए । रघुनाथको कडा रिस र आफ्नो तलब घटाउने कुराले शान्तराम लाई कुनै किसिमको मानसिक असर परेकै थिएन । उनको अनुहार हाउभाउ सधैं जस्तै देख्दा रघुनाथको थोरै रिस मर्‍यो, अलिकति अचम्म लाग्यो, अलिक ग्लानी महसुस भयो ।
आफ्नो अगाडी उभिई रहेका शान्तराम लाई रघुनाथले कुर्सीमा बस्न भने । टेबलमा राखेको मिनिरल वाटरको बोतल खोली गिलासमा पानी हालेर पिईसके पछि रघुनाथले शान्तराम संग सोध्न थाले “कहिल्यै खुसी नि नहुने अनि दु:खी नि नहुने, यार तिमी कुन माटोको बनेका मान्छे हौ ? पहिला तलब बढाउँदा पनि खुसी भएनौ र आज तलब घटाउँदा पनि दु:खी छैनौ आखिर किन ?”
रघुनाथको यस्तो प्रश्न सुनेपछि शान्तरामले भन्छ्न् “जुन दिन म काममा आएको थिईन, त्यो दिन मेरो छोराको न्वारान थियो । त्यतिबेला तपाईंले बढाएको पैसा मेरो छोराको भाग थियो, छोराले पाउन पर्ने भाग पाउँदा म खुसी हुनुपर्ने कारण थिएन ।
आज बुबाको काजकिरिया सकेर आएको हुँ, तपाईंले घटाएको पैसा मेरो बुवाको भाग थियो जो मैले पाउने कुरै भएन । अनि म किन दुखी हुनु ? कसलाई, कहिले, कति, कसरी, कहाँ, र के दिने र लिने भन्ने कुराको निर्णय भगवानले गर्ने हुँदा मान्छेको अगाडी आफ्नो दु:ख वा खुसी नै प्रकट गर्न पर्छ जस्तो मलाई लाग्दैन ।”
रघुनाथले एकोहोरो शान्तराम लाई हेरिरहे ………..।
(लेखक : वैदेशिक रोजगारीको सिलसिलामा कतार हुनुहुन्छ)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु