थप ७ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या १०९ पुग्यो

२०७७, २७ बैशाख शनिबार ०८:४२

पाल्पा । शनिबार ७ जना कोरोना संक्रमित भेटिएपछी नेपालमा कोरोना संक्रमित ( कोभिड – १९ ) का पुष्टी भएकाहरूको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ सन्क्रमित पुष्टी भएको हो । पुष्टी भएकाहरु उदयपुरका ३, कपिलवस्तुका ३ र पर्सा जिल्लाका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह – प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उदयपुर भुल्केका १८ , ४५ र ६५ बर्षका महिलाहरू, कपिलवस्तुका १७ , १८ र १८ वर्षका पुरुषहरू र पर्सा छपकैया निवासी ६२ वर्षका पुरुषमा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सन्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण भएका ३१ जना निको भएर घर फर्किएका छन ।

Comments

ताजा खबर