असुरक्षित बन्यो बन्दीपोखरा, बहिरबाट आउनेहरु क्वारेन्टाइनमा बस्न मान्दैनन

२०७७, २६ बैशाख शुक्रबार २१:३८

सन्ताेष गहतराज, पाल्पा । कोरोना संक्रमण नियन्त्रणका लागी जिल्लामा लकडाउन भएपछी बाहिरी जिल्लाबाट प्रवेश गर्नहरुको कमी भएको छैन । जिल्ला बाहिरबाट आउनेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नीति बिपरित खुलेआम गाउँमा डुल्नेहरुको बाक्लो लहर छ । स्थानिय तहहरूले बाहिरी जिल्लाबाट प्रवेश गर्न राेक गरे पनि पाल्पाको विभिन्न वडाहरूमा मानिसहरू लुकि छिपि प्रवेश गरिरहेका छन । यसरी मानिसहरू बाहिरी जिल्लाहरूबाट गाउँ गाउँमा प्रवेश गर्दा पाल्पा बन्दीपोखराका मानिसहरू त्रसित समेत भएका छन । पाल्पाकाे सदरमुकाम नजिकैकाे तानसेन नगरपालिका ११ बन्दिपाेखरामा पनि मानिसहरू बाहिरी जिल्लाहरु रुपन्देही, कपिलवस्तु, तथा भारत बाट समेत मानिसहरू रातारात प्रवेश गर्दा गाउँका मानिसहरू त्रसित भएका हुन । पछिल्लो समयमा काेराेनाकाे संक्रमण बढे पछि बाहिरी जिल्लाबाट आएका मानिसहरूलाई अनिवार्य रूपमा स्थानीय तहको क्वारेन्टाइन तथा हाेम क्वारेन्टाइन बस्नु पर्ने बताए पनि मानिसहरू लुकिछिपि गाउँमा प्रवेश गर्दा स्थानीयबासी त्रसित भएको बताएका छन । बिशेष गरि रूपन्देहीमा कोरोना संक्रमण को पुष्टि भएसगै रुपन्देही बाट गाउँमा भित्रीने को संख्या बढेको हो । बाहिर बाट भित्रीएका लाइ हाेम क्वारेन्टाइनमा बस्न स्थानीयले अाग्रह गरे पनि गाउँमा खुला रूपमा घुमे पछि झन स्थानीय बासिन्दा असुरक्षित भएकाे गुनासो गरेका छन । शहर बजारमा लकडाउन भए पनि पाल्पाका गाउँहरूमा भने मानिसहरू लकडाउनले छाेएकाे छैन । मानिसहरू गाउँमा लकडाउनकाे पालना नगरी खुला रूपमा घुमेका छन । मानिसहरू गाउँमा दशै तिहारमा झै भेला भई रमाइलाेगर्ने घुम्ने खाने गरेका छन । यसले गर्दा लकडाउनकाे शहरमा मात्र छ भन्ने मसहुस हुन्छ । गाउँमा लकडाउनको कुनै प्रभाब छैन । क्वारेन्टाइन नबस्ने र कोरोना परीक्षण समेत नगर्दा तानसेनका ग्रामिण वडा असुरक्षित बनेका छन ।

बुधबार तानसेन ११ मा ५ जना लुकिछिपि प्रवेश गरेका छन । जसमध्ये एक जना भारतबाट आएको भन्ने खुलेको छ । उनिहरू हाेम क्वारेन्टाइन तथा क्वारेन्टाइन बसेका छैनन् बरू उनिहरू खुला रुपमा घुमेका छन । यसै सन्दर्भमा तानसेन ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरे सङ्ग प्रतिक्रिया लिंदा बाहिरी जिल्लाबाट वडामा लुकिछिपि प्रवेश गरेकाहरुलाइ खोजी गरी हाेम क्वारेन्टाइन अथवा स्थानीय तहको क्वारेन्टाइनमा राखिने बताउनु भयो । वडा नम्बर ११ मा ५९९ घरधुरी छन । जसमा ३०८५ जना बसोबास गर्छन । बन्दिपोखरा बाट तानसेन सदरमुकाम आधाघन्टाको को समयमा पुग्न सकिने भएकाले स्थानीय बासी दैनिक रुपमा आउजाउ गर्ने गर्छन । जसले गर्दा तानसेन भन्दा बाहिर बाट विभिन्न वहानामा आउनेहरू ले गर्दा जोखिम बढेको छ । वडा कार्यालयले सुरुमा आउनेहरुको लगत सन्कलन गरेपनि पछिल्लो समयमा आउनेहरुको लगत सन्कलन भएको छैन । पछिल्लो समयमा गाउँमा छिर्नेहरु क्वारेन्टाइनमा बस्न आनाकानी गर्ने हुँदा ग्रामिण क्षेत्र कोरोना संक्रमण बाट असुरक्षित बनेको छ ।

Comments

ताजा खबर