शुक्रबार सिंहदरबार अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप भएको छ ।

२०७७, २६ बैशाख शुक्रबार १६:४०

काठमाडौं । शुक्रबार सिंहदरबार अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप भएको छ । चिनियाँ नागरिकहरूले आफूहरू स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।

उािहरूले कुनै जानकारी नदिएर लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा झडप भएको बताइएको छ ।

सुरक्षाकर्मीले भीड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरुले प्रहरीलाई ढुंगामुढा गरेको महागनरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

सबै जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीबीच उक्त झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु