नेपालमा कोरोना संक्रमितको संख्याले सतक नाघ्यो, प्रयाप्त परिक्षण हुन सकेन

२०७७, २५ बैशाख बिहीबार २२:२३

पाल्पा । कपिलवस्तुमा बिहीबार दुईजना कोरोना संक्रमित भेटिएपछी नेपालमा कोरोना संक्रमितको संख्याले सतक नाघेको छ । कपिलवस्तु ८ निवासी १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना भाइरसको पुष्टि भएसङ्गै सन्क्रमितको संख्या १०१ पुगेको हो ।
काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनिहरुमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अधुकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ । कपिलवस्तुमा दुई संक्रमित को पुष्टि भएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । बाँकेमा २३, रुपन्देही १ र कपिलवस्तुमा २ जना कोरोना संक्रमित भेटिएसंगै प्रदेशमा जोखिम बढेको छ । प्रयाप्त मात्रामा परिक्षण हुन नसकेको कारण समुदायमा त्रास बढेको छ । एकातिर सुस्त गतिमा कोरोना परिक्षण हुनु र अर्को तिर संक्रमण भएकाहरुमा सामान्य लक्षण पनि नदेखिनुले स्थानिय तसित बनेका हुन ।

Comments

ताजा खबर