तानसेन २ का विपन्न परिवारलाई तरुणदल पाल्पाले राहत वितरण गरेकोछ ।

२०७७, २५ बैशाख बिहीबार ०९:४८

सन्तोष गहतराज ,पाल्पा , बैशाख २५ । तानसेन वडा २ का विपन्न तथा दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएका नागरिकलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । नेपाली काँग्रेस वडा समितिबाट संकलित रकम नेपाल तरुणदल तानसेन नगरको व्यवस्थापन, तरुणदल वडाको आयोजनामा राहत स्वरुप खाद्यन्न वितरण गरिएको हो । विश्वभर फैलिरहेको कोरोना भाइरस सक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी राखेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारका बच्चालाई लिटो र परिवारलाई खाद्यन्न वितरण गरेको तरुणदल वडाले जनाएको छ ।

काँग्रेसले सामाजिक दुरी कायम गर्दै वडामा रहेका दैनिक ज्याला मजदुरी गरी जीवीकोपार्जन गर्दै आएका ३५ घर परिवारलाई १० किलो चामल, १ लिटर तेल, १ किलो दाल, १ किलो आलु, प्याज, तरकारी र ३३ जना बच्चाहरुलाई २र२ पोकाका दरले लिटो वितरण गरेको थियो । विपन्न वर्गको वडा कार्यालयले तथ्याङ्क संकलन गरेको थियो । सोही तथ्याङ्कका आधारमा तरुणदलले राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवालाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने पाल्पा काँग्रेसको अभियानलाई वडा काँग्रेस र तरुणदलले आत्मसाथ गर्दै सहयोग गरेकोमा धन्यवाद दिर्दै कामको प्रशंसा गरे ।

उनले जिल्लामा राहत वितरणका नाममा नागरिकलाई विभेद गरिएको प्रति आपत्ति जनाउँदै वास्तविक वर्गको पहिचान गरी राहत वितरण गर्न स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका छन् । नेपाली काँग्रेसका महासमिती सदस्य हिमालदत्त श्रेष्ठले संकटका बेला हरेक नागरिकको साथमा काँग्रेस रहेको बताए । उनले भने ‘यतिबेला कोरोना महामारीका कारण देश संकटमा परेको छ, विपन्न वर्गका नागरिकको घरमा चुलो बाल्न कठिन भएको छ,यो कठिन र विषम परिस्थितीमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने समय हो ।’

विपन्न नागरिकको उत्थानका लागि वडाको सिंङ्गो काँग्रेस, तरुणदल र नारायण युवा क्लवका युवाहरुले देखाएको सक्रियता अत्यन्त प्रशसनिय रहेको महासमिति सदस्य श्रेष्ठले बताए । काँग्रेसले वडामा रहेका वास्तविक विपन्न वर्गको पहिचान गरी राहत वितरण गरेकोमा वडा अध्यक्ष बरुणप्रसाद रेग्मीले धन्यवाद दिए । काँग्रेसका वडा अध्यक्ष बंकीङ्ग चन्द्र खनालले लकडाउनका कारण लामो समय काम गर्न नपाउँदा विपन्न परिवार भोकै बस्नुपर्ने अवस्था आएकाले राहत स्वरुप खाद्यान्न वितरण गरिएको बताए । राहत वितरणको कार्यक्रम नेपाल तरुणदल तानसेन नगरका सभापति विनायक महर्जनले गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु