दुई महिने शिशु सहित एकै पटक थपिए १७ जना कोरोना संक्रमित

२०७७, २४ बैशाख बुधबार १७:३८

बैशाख २४, काठमाडौं । लकडाउनको आज ४४ औ दिन दुई महिने शिशु सहित एकै पटक थपिए १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएका छन । कोरोना पुष्टि भएकाहरुमा २ महिनाको शिशु देखि ६६ वर्षका समेत रहेको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङको क्रममा जानकारी दिए । डा. देवकोटाका अनुसार देशभर भेटिएका संक्रमितमध्ये ७१ जना पुरुष छन् भने २८ जना महिला रहेका छन् ।

Comments

ताजा खबर