बेलायतमा कोरोनाबाट यूरोपकै सबैभन्दा बढी मृत्यु ।

२०७७, २४ बैशाख बुधबार १६:०६

एजेन्सी, बैशाख २४ । बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार ४२७ पुगेको हो ।

इटालीमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ३१५ छ । संक्रमितमा भने इटालीमा २ लाख १३ हजार नाघ्दा बेलायतमा १ लाख ९५ हजार पुगेको छ ।

कोरोना भाइरससम्बन्धी दैनिक विवरण सार्वजनिक गर्दै ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले यसलाई ठूलो विपदको संज्ञा दिए । ब्रिटेनमा मृतकको संख्या इटलीमा भन्दा तीव्र गतिमा वृद्धि भएको जनाइएको छ ।

संसारमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३ सय नाघेको छ भने संक्रमित ३७ लाख २८ हजार कटेको छ । १२ लाख ४२ हजार मानिस भने उपचारपछि घर फर्किएका छन् ।

सबैभन्दा बढी मानिसको मृत्यु भने अमेरिकामा ७२ हजार २ सय नाघेको छ । १२ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

Comments

ताजा खबर