जेठ १८ गते सम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द हुने ।

२०७७, २४ बैशाख बुधबार १५:५९

२४ वैशाख, काठमाडौं । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको सरकारले जानकारी गराएकोछ । 

Comments

ताजा खबर