जेठ ५ गते सम्म थपियो लकडाउन

२०७७, २४ बैशाख बुधबार १३:५४
COVID-19 Lockdown Nepal

जेठ ५ गते सम्म थपियो लकडाउन
२४, बैसाख । गत चैत ११ बाट जारी भएको लकडाउन लाई निरन्तरता दिदै १० दिन गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो । चैत ११ बाट सुरु भएको लकडाउनको बिहीबार ४५ दिन पूरा हुँदैछ । उच्चस्तरीय समन्वय समितिको बैठकले दिएको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो । नेपालमा हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

Comments

ताजा खबर