एप्पल म्याकबूक प्रो सार्वजनिक, धेरे नै परिस्कृत साथै किबोर्डमा नयाँ युगकाे सुरुवात

२०७७, २४ बैशाख बुधबार १३:१७

काठमाडौं । एप्पलले तोकिएको समय अगावै पहिलो पटक म्याजिक किबोर्ड प्रयोग गरि १३ इन्चको म्याकबूक प्रो सार्वजनिक गरेको छ ।

विकल्पमा इन्टेलको दशौं पुस्ताको प्रोसेस समेत उपलब्ध गराइएको छ । जसको बजार मूल्य १२ सय ९९ डलरबाट सुरुहुने उल्लेख छ ।

यो हालसम्म उपलब्ध म्याकबूक प्रो १३ इन्चका म्याकबूकमा भएको फिचरको तुलनामा धेरे नै परिस्कृत भएर आएको छ । त्यतिमात्रै नभएर यसले कुनै एक युगको अन्त्यलाई समेत प्रतिनिधित्व गर्नेछ ।

एप्पलका अनुसार इन्ट्री लेवलको म्याकबूक प्रोमा ८ जीबी र्‍याम र २५६ जीबीको रोम रहेको छ । जसमा र्‍यामलाई बढाएर १८ जीबी र रोमलाई ५०० जीबीसम्म विस्तार गर्न सकिने छ ।

तर, यो लेवलको म्याकबूकमा इन्टेलको प्रोसेसर विकल्पको रुपमा भने उपलब्ध हुने छैन । तर, प्रिमियम म्याकबूक प्रोमा भने ३२ जीबी र्‍याम र ४ टीबीसम्म रोम बढाउन सकिने छ । कम्पनीका अनुसार सिक्स के रेजोलुसन रहेको म्याकबूकमा टच आईडी फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु