कोरोनाका बिरामी बढेपछि नेपालगन्ज लाई पूर्ण निषेधितक्षेत्र घोषणा

२०७७, २२ बैशाख सोमबार २०:२५

२२, वैशाख । बाँके जिल्लामा कोरोना संक्रमित बिरामीको संख्या लगातार बढेपछि नेपालगन्ज बजार क्षेत्रमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले २३ गते मङ्गलबार विहान ११ बाँके बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । कोरोना भाइरस को कारण जारी लकडाउनसंगै नेपालगन्ज उपमहानगरपालिकामा पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । बाँकेमा एकै दिन १५ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली कम्तीमा तीन दिन कर्फ्यू लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो । कर्फ्यूको समयमा नेपालगन्जमा औषधी पसलवाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । एकैदिन धेरै संख्यामा कोरोना संक्रमणका बिरामी भेटिएपछी नेपालगन्ज क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

Comments

ताजा खबर