अमेरिकन आइडलको टप १० मा दिवेश

२०७७, २२ बैशाख सोमबार ०८:५४

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ ।

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।

यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ उनले लेखेका छन्, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपार्इंसम्म पु-याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।

Comments

ताजा खबर