७ बर्षिय बालक सहित एकैदिन १६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

२०७७, २१ बैशाख आईतवार २०:४७

२१, बैशाख । आइतबार नेपालगन्जमा १५ र पर्सामा १ जनामा कोरोना सन्क्रमणको पुष्टि भएसंगै देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ । नेपालगन्जको प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएका मध्ये एकजना ७ बर्षिय रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा १६, २१ र ३४ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिलामा पनि कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ । आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो । यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो । कोरोना पुष्टि भएपछि उनीहरुलाई खजुरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा लगिने भएको छ । सम्क्रमित सबैजनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण भएका बिरामी मध्ये १६ जना निको भएर अस्पताल बाट डिस्चार्ज भइ घरमा गएका छन भने अरु बिरामी लाई विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भैको छ ।

Comments

ताजा खबर