नेपाल फर्कन र जापान आउन चाहानेलाई एनआरएनए जापानले सहजिकरण गरिदिने ।

२०७७, २१ बैशाख आईतवार १९:०९

मे ३ टोकियो ।

समस्यामा परेकाहरुको लागि  नेपाल फर्कन र जापान आउन गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले सहजिकरण गरिदिने भएको छ ।

बिश्वब्यापी फैलिएको कोरोना भाईरलका कारण हवाई उड़ान प्रभावित भए संगै नेपाल फर्कन चाहनु हुने र नेपालबाट जापान आउन समस्यामा पर्नु भएकालाई ध्यानमा राखी एनआरएनए जापानले सहजिकरुणको लागि तयारी थालेको छ ।

जापानमा रहेको नेपाली दुताबास र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदलाई पत्रचार मार्फ़त अपिल गरिसकेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनु भयो

समस्यामा परेकाहरुले फारम भरि र सब्मीट क्लिक गर्न एनआरएनए जापानले तपाईको विवरण गोप्य राखिने जनाएको छ । लगभग कत्तिको संख्यामा रहनु भएको भन्ने जानकारीको लागी एउटा फारमको तयारी गरिएको हुदा उक्त फारम भरि पठाउनु हुन समेत अपिल गरेको छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfD4LQe1PZCB4sZ25wBWBDebRjAng9Lwb7ck8R8fGcHPBsalg/viewform?usp=sf_link

Comments

ताजा खबर