माथागढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

२०७७, २१ बैशाख आईतवार १५:०७

पाल्पा बैशाख २०,सन्ताेष गहतराज

लकडाउनपछि पोखराबाट फर्किएर माथागढी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका ६ जनाकाे आरडिटी टेस्ट रिपाेर्ट नेगेटिभ आएकाे छ । माथागढी गाँउपालिका वडा नं.५ को आगमन चर्जको क्वारेन्टाइनमा बसेका खिन बं.जर्घा,राम बं.पल्ली,तिल बं.वाकावल,खेत बं. जर्घा, मान बं.राना र अम्बर बं.रानाको आरडीटी परिक्षण गर्दा नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जि.सीले बताउनुभयाे ।

आरडिटी परिक्षण पछि उनीहरूलाई विदाई गर्दै गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले अझै कम्तिमा एक हप्ता देखि १०दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिनुभयो। माथागढी गाँउपलिका सि.अ. हेव अधिकृत गोविन्द प्रसाद भट्टाई,गोठादी स्वास्थ्य चौकिका ल्याव असिस्टेन्ट नारायण सारू,कसेनी स्वास्थ्य चौकिका ल्याव असिस्टेन्ट तेजु रानाको टोली आरडीटी परिक्षणमा खटिएको थियो ।

Comments

ताजा खबर