रुपन्देही र बाँकेमा भेटिए कोरोना संक्रमीत, संख्या ५९ पुग्यो

२०७७, १९ बैशाख शुक्रबार १६:१२

१९, बैशाख । शुक्रबार थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । रुपन्देही र बाँकेमा एक – एक जनामा संक्रमणको पुष्टि भएसंगै नेपालमा संक्रमीतको संख्या ५९ पुगेको छ । रुपन्देहीका २५ वर्षका पुरुष र बाँकेकाे नेपालगंजका ६० वर्षका पुरुषमा काेराेनाकाे संक्रमण देखिएकाे हाे । सम्क्रमित दुवै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । हालसम्म कोरोना संक्रमण भएका बिरामी मध्ये १६ जना निको भएर अस्पताल बाट डिस्चार्ज भएका छन भने ४३ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भैरहेको छ ।

Comments

ताजा खबर