बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा

२०७७, १९ बैशाख शुक्रबार १२:२०

किरण कौशल, पाल्पा, १९ बैशाख । परिवारका सदस्यहरु घर फर्किदा कोरोना संक्रमण रोकथाम गर्न अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निति पाल्पामा लिईएको छ । हाल बाहिरी जिल्लाबाट आएका एक सय ६४ जना आफ्ना पालिकाको क्वारेन्टाइनमा बसेका छन् । पहिलो चरणमा भारत र तेस्रो मुलुकबाट आएका ६० जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।

उनिहरु आरडिटीबाट कोरोना परिक्षणमा नेगेटिभ नजिता आएपश्चात घर फर्किएका हुन् । लकडाउन भएपछि पाल्पा भित्रिएकाहरुलाई क्वारेन्टाइन राखेर कोरोना परिक्षण पश्चात रिर्पोटको आधारमा ७ दिन घरमै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बस्ने शर्तमा मात्रै पालिकाहरुले आफ्नो क्षेत्रमा स्थानीयलाई आउन अनुमति दिएका छन् । गाउँपालिका प्रवेश नाकामा निगरानी बढाएको र समुदाय स्तरमा चेतना बृद्धि गरी अनिवार्य क्वारेन्टाइन राख्ने गरिएको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले बताउनु भयो । कोरोना संक्रमण रोकथाम तथा सहजिकरण समितिको निर्णय अनुसार बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइन थालिएको हो । जिल्ला भित्र निस्दी गाउँपालिकामा ५४ जना, रामपुर नगरपालिकामा ३५ जना, पुर्वखोला गाउँपालिकामा २७ जना, रैनादेवी छहरा गाउँपालिकामा २५ जना, तिनाउ गाउँपालिकामा ३ जना, माथागढी गाउँपालिकामा ९ जना र तानसेनमा एक जना क्वारेन्टाइनमा रहेका छन् । भारत र तेस्रो मुलकबाट आएका व्यक्तिलाई मात्र क्वारेन्टाइनमा राखिएकोमा नेपालमा कोरोना संक्रमण देखिएपछि अन्य जिल्लाबाट आएकालाई पनि राख्न थालिएको हो । विभिन्न जिल्ला घर फर्किएकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनु भयो । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आरडिटीबाट कोरोना परिक्षण गरेपछि रिर्पाेटको आधारमा घर पठाइने छ । उनिहरुको आरडिटी परिक्षणलाई प्रदेश सरकारबाट किट माग गरिएको छ । ६९ जनाको आरडिटी र १४ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु