कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार ।

२०७७, १९ बैशाख शुक्रबार ११:४७

 

बैशाख-१९,कपिलवस्तु। कपिलवस्तुको यशोधरा गाँउपालिका-८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति करिब १ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ। 

कपिलवस्तुको खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि ४ राउण्ड गोली प्रहार भएको थियोे भने २ जना अज्ञात व्यक्तिले उनी माथि गोली  हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक(डिएसपी) सुनिल मल्लले जानकारी दिनुभयो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु