कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

२०७७, २० कार्तिक बिहीबार ०८:५५

सप्तरीl सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिलाछिन् पिसाबमा समस्या देखिएपछि दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारकाक्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो

उहाँका अनुसार अस्पतालले बुधबार उनको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो पिसाबमा समस्यादेखिएपछि १५ दिनअघि मात्र विराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासि बान्ता भएपछि बिपी कोइराला  प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालयसप्तरीले जनाएको   शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ

–––


ताजा खबर

    सम्बन्धित शीर्षकहरु