पाल्पामा तिन जनाको कोरोना संक्रमण पुष्टि

२०७७, १८ जेष्ठ आईतवार २०:०७

पाल्पा । पाल्पामा पहिलो पटक तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणबाट भारतबाट यसै हप्ता पाल्पा भित्रिएका तिन जनामा कोरोना संक्रमण देखिएको हो ।

आएका रैनादेवी छहरा गाउँपालिका सत्यवतीका ३८ बर्षिय र बल्ढेङगढीका ४० बर्षिय पुरुष र माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका १९ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको हो । उनीहरुको तानसेनको होल्डिङ्ग क्वारेन्टाइन स्वाव संकलन गरेर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । २ सय ७१ स्वाब पठाइएकोमा ३ जना पोजेटिभ देखिएको र ११ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । संक्रमण देखिएकाहरुको थप उपचारका लागी सदरमुकाम तानसेनमा रहेको आईसोलेसनमा ल्याउने तयारी भईरहेको छ । उनिहरुको सम्र्पकमा रहेकाहरुको समेत कन्ट्रयाक ट्रेसिङ्ग गरी खोजी शुरु गरिएको छ ।

Comments

ताजा खबर