देशका ५३ जिल्लामा सङ्क्रमण ७ को मृत्यु कुल संक्रमीत १४०१

२०७७, १८ जेष्ठ आईतवार ०७:१२

पाल्पा । नेपालका ५३ जिल्लामा सङ्क्रमण फैलिइसकेको छ । नेपालमा शनिवार थप १८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भए संगै ५३ जिल्लामा कोरोना संक्रमण भएको हो । पछिल्लो समय दैलेखमा ३५ बर्षका युवक कोरोना संक्रमण बाट मृत्यु भएको पुष्टि भएको छ । यो संगै कोरोना बाट मृत्यु हुने ७ जना पुगेका छन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १४०१ पुगेको छ । शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो । परिक्षण को गति बढे संगै संक्रमणको दर पनी बढेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ नमुना परीक्षण भइसकेको छ । गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ नमुनाको पीसीआर परीक्षण भएको छ ।
शुक्रवार पनि एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो। देशभर १ लाख १० हजार ७८ जना क्वारन्टीनमा रहेका छन । अहिले नेपालमा १ हजार १ सय ७६ जना आइसोलेशनमा रहेका छन् भने हालसम्म २ सय १९ जना निको भएर घर फर्केका छन् ।

Comments

ताजा खबर