थपियो लकडाउन ३२ जेठसम्म मोडालिटी हेरफेर गर्न विज्ञको परामर्श

२०७७, १८ जेष्ठ आईतवार ०६:३२

काठमाडौं :: कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि २ महिना भन्दा पहिला देखिको जारी लकडाउनलाई निरन्तरता दिने सरकारले निर्णय गरेको छ । भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई थपगर्ने निर्णय गरेको हो ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाको अनुसार शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन भने असार १६ सम्म बन्द हुनेछ । उनका अनुसार संक्रमण बढी फैलिएको स्थानमा आवस्यक परेमा सेना परिचालन समेत गर्ने छ । सुरक्षा परिषद बैठकको सिफारिसका आधारमा सरकारले सेना परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले लकडाउनको अवस्था कस्तो बनाउने भन्ने मोडालिटी हेरफेर गर्न विज्ञहरुसँग परामर्श गर्ने समेत निर्णय गरेको छ ।

Comments

ताजा खबर