रिब्दीकोट गाउँपालिकाका उपभोक्ताको घर–घरमा कृषि एम्बुलेन्स ।

२०७७, १७ जेष्ठ शनिबार २१:५४

सन्ताेष गहतराज ,पाल्पा , पाल्पाको  रिब्दीकोट गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी उपभोक्ताको घर–घर सम्म पुुर्‍याउनका लागि  कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै गाउँपालिकाले कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घरमै तरकारी पुुर्‍याएको हो । कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले तरकारी संकलन तथा विक्री गर्ने गरी कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले तरकारी संकलन सुरु गरे पछि व्यवसायिक कृषकहरुले राहतको महशुस गरेका छन् । कृषकको बारीमा फलेको तरकारीलाई उपभोक्ताको घर घरमा लगेर सहुलियत दरमा तरकारी उपलब्ध गराउन थाले पछि उपभोक्ताहरुले हरियो तरकारी घरमै पाउन थालेका छन् । गाउँपालिकाले कृषकको बारीमा फलेको तरकारीलाई उपभोक्ताको घर–घरमा लगेर सहुलियत दरमा विक्री वितरणमा सहजिकरण गरेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । उनले कृषकले उत्पादन गरेको तरकारी खेर नजाओस् भन्नका लागि कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घर घरमा तरकारी पुुर्‍याएको बताए । कृषकले उत्पादन गरेको तरकारी बेच्न समस्या र उपभोक्ताले सहज मूल्यमा तरकारी नपाएपछि अहिले उपभोक्ताको घरघरमै सुपथ मूल्यमा तरकारी पुग्न थालेपछि स्थानीय उत्साहित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषिराम अर्यालले बताए ।

मैनादीमा रहेको मैनादी कृषि समूहका कृषकले उत्पादन गरेको गोलभेडा, बोडी, सिमी काउली, काक्रा लगायतका उत्पादन अहिले गाउँपालिका भित्रका उपभोक्ताहरुलाई सस्तो मूल्यमा घर–घरमा लगेर विक्री गरेको सहकारीका जगदीश कुवँर बताउँछन् । अहिले पाल्पामा बुटवल, कपिलवस्तु लगायतका जिल्लाबाट तरकारी आउन नपाएपछि स्थानीय तरकारी घर–घरमा विक्रिका लागि ल्याएपछि उपभोक्तालाई तरकारी खरिद गर्ने समस्या हटेको गाउँपालिकाका कृषी संयोजक रञ्जीव कुवँरले बताए । यसरी गाउँपालिकामा उत्पादन भएको तरकारी कृषकहरूले गाउँपालिकाले घरमा अाइ तरकारी खरिद गरि दिदा गाउँपालिकाका कृषकहरू एक तर्फ राहत महसुस गरेका छन । भने अर्को तर्फ उपभोक्ताहरूले गाउँपालिकाले घरघरमा कृषि एम्बुलेन्सबाट गाउँपालिकामा उत्पादन भएको सरल र सफा तरकारी पाउदा खुशी छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु