क्वारेन्टाइनले स्थानीय त्रसित हटाउन माग

२०७७, १६ जेष्ठ शुक्रबार २२:२०

पाल्पा । तानसेन नगरपालिकाको बर्तुङ्गमा रहेको क्वारेन्टाइनले समुदायमा त्रास बढेको छ । दैनिकरुपमा क्वारेन्टाइन आउने-जानेलाई पैदल हिडाएर ल्याउने लैजाने गर्दा त्रास बढेको हो । ब्यवस्थापन राम्रो नहुदा क्वारेन्टाइनमा बसेकाहरु नजिकै रहेको मन्दिरसम्म आउनेजाने गर्छन् ।

गाडीबाट झारेर स्थानीयका घरको पेटिमा राख्ने, बर्तुङ्ग चौराहाबाट पैदल हिड्दै क्वारेन्टाइन सम्म लैजादा स्थानीयका पानीको धारा खोल्ने, लगाएका माक्सहरु बाटोमा एत्रतत्र फाल्ने, घरको ढोकामा थुक्ने लगायतका ब्यवहार गर्नेगरेका छन ।
वडा नं. ६ को जनप्रिय मा.वि.मा ५० शैयाको क्वारेन्टाइन स्थापना गरिएको थियो । तर हाल क्षेमता भन्दा धेरै राखिएको छ । सुरुमा क्वारेन्टाइनको रुपमा स्थापना गरिएतापनी हाल होल्डिङ्ग क्वारेन्टाइनको रुपमा बिकास गरिएको छ । होल्डिङ्ग क्वारेन्टाइनले झन जोखिम बढेपछि स्थानीय आक्रोशित बनेका छन स्थानीयले होल्डिङ्ग क्वारेन्टाइन बन्दगरेर क्वारेन्टाइन मात्र संचालन गर्नुपर्ने माग गरेका छन ।


स्थानीय पुरुषोत्तम सिन्जाली भन्छन “बाटोमा हिड्न डर भयो केटाकेटी खेल्ने ठाउँ मन्दिरमा आउने जाने ठाउँमा संक्रमणको जोखिम बढ्यो।” उनी भन्छन ब्यवस्थापन गर्न नसके क्वारेन्टाइन हटाउन पर्छ । पछिल्लो समयमा भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेको छ । उनिहरुलाइ पिसिआर परिक्षण गरि रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्नुपर्ने हो यहाँ भने यस्तो हुन सकेको छैन । पिसिआर परिक्षणको लागि नमुना संकलन गरेका र नमुना लिन बाकी रहेका सबै एकैठाउमा बसेका छन । यसले गर्दा संक्रमणको जोखिम धेरै बढेको छ ।

बाटोमा पिपिई सेटको टोपी, अनुहार ढाक्ने प्लास्टिक बाटोमा फालिएको अवस्थामा छन । पटकपटक ब्यवस्थापनको बिषयमा कुरा उठाउदा कुनैपनी सुनुवाइ नभएको स्थानीय दयाराम पाण्डे बताउछन । ब्यवस्थापन राम्रो गर्न नसके क्वारेन्टाइन नै बन्द गर्नुपर्ने उनले बताए ।
तानसेन नगरपालिका क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक टुक भट्टराईले समस्याको समाधान गर्दै जाने बताउछन ।
कोरोना संक्रमण नियन्त्रणका लागी जिल्लामा लकडाउन भएपछी भारत लगाएत बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरूको सहि ब्यवस्थापन हुन सकेको छैन जसका कारण क्वारेन्टाइन वरपरका स्थानीयहरुमा संक्रमणको जोखिम बढेको छ । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन आवस्यक छ ।

Comments

ताजा खबर