वग्नासकाली गाउपालिकाले कृषकलाई माैरी घार वितरण ।

२०७७, १६ जेष्ठ शुक्रबार १०:०९

 

सन्ताेष गहतराज , पाल्पा । पाल्पाकाे  बगनासकाली गाउँपालिका वडा नं. १, चिर्तुङ्गधाराको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकहरुलाई अनुदानमा मौरी घार वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले  बगनासकालीको समृद्धि कृषिबाट नै सम्भव भएकाले गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।गाउँपालिका आगामी आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम निमार्णमा जुटेकाले सकारात्मक सुझावहरू पेश गर्न हुन पनि सबैलाई आव्हान गर्नु भएको छ । अब कृषि र पशुलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निमार्ण गर्ने सोचमा गाउँपालिका रहेकाले सबैले साथ दिनु पर्नेमा जोड दिनु भयाे । साेहि अनुसार बग्नासकाली गाउँपालिकाले बग्नासकालीलाई माैरी गाउकाे रूपमा परिचित गराउने उधेश्यले पछिल्लो समयमा माैरीपालन गर्ने कृषकहरूलाई माैरी  अनुदानमा वितरण गरिएकाे  अध्यक्ष  बस्यालले बताउनु भयाे । साथै  माैरीपालन व्यवसाय अरू व्यवसायमा जस्ताे धेरै  मेहनत गर्न पनि नपर्ने र निरन्तर रूपमा फाइदा लिन सकिने भएकाेले कृषकहरूलाई माैरी पालन व्यवसायमा उत्प्रेरित गरेकाे अध्यक्ष बस्यालले बताउनु भयाे ।  त्यस्तै  गाउँपालिका  उपाध्यक्ष सरस्वती चिदीले अब पुर्वाधार भन्दा पनि कृषिबाट स्वराेजगार हुन सक्ने भएकोले अहिले बग्नासकाली गाउपालिकाले कृषिमा प्राथामिकता दिइ कार्यक्रम ल्याईएकाे बताउनु भयाे । माैरी घार वितरण कार्यक्रममा वडा १ नं. वडाका अध्यक्ष सोम ब. झेंडी, २ नं. वडाका अध्यक्ष टेकनाथ शर्मा, कृषि विकास शाखा प्रमुख लगायत को उपस्थितिमा सम्पन्न भएको थियो । गाउँपालिकाले सामाजिक दूरी कायम गरि  ५४ वटा माैरीघार वितरण  गरिएको कृषि शाखा प्रमुख राजेश बाहाेराले बताउनु भयाे ।

बग्नासकाली गाउँपालिकाले माैरी पालन गर्ने कृषकहरूलाई माैरी घार तथा अन्य माैरी जन्य सामाग्री यस अघि पनि २३ वटा माैरी सहितकाे घार र ४२ वटा खाली घार तथा माैरी जन्य सामाग्री हस्तान्तरण गरेकाे थियाे ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु