बजेटका विशेषताहरु, १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

२०७७, १५ जेष्ठ बिहीबार २३:०८

पाल्पा । अर्थमन्त्री युवराज खतिवडाले संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७७/७८ का लागि सरकारको बजेट प्रस्तुत गर्नुभएको छ । १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट आज संसद्को सयुक्त बैठकमा पेश भएको हो ।

अर्थमन्त्री खतिवडा द्वारा प्रस्तुत बजेट संक्षेपमा :-

  • १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट
  • ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालू खर्च, (कुल बजेटको ६४.४ प्रतिशत)
  • ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च
  • ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य
  • वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने
  • वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने र २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने
  • आर्थिक वृद्धि हुने लक्ष्य २.३ प्रतिशत
  • स्थानीय तह र गैरसरकारी कार्यक्रम जिल्ला समन्व्य समितिबाट
  • प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने अनावश्यक खर्चमा कटौटी
  • सबै प्रकारका भत्ता खारेज गरि भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती
  • दोहोरोपन भएका सार्वजनिक निकाय खारेज
  • आम्दानी र खर्च पारदर्शी बनाउन विद्युतीय कारोबार
  •  कर्मचारीको एक लाखसम्मको कोरोना बिमा
  • अध्ययन अनुसन्धानका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविध्यालय
  • भूकम्प पुनर्निर्माण आगामी आर्थिक वर्षमा सक्ने
  • सबै जिल्ला सडक सञ्जालमा जोड्ने र प्रदेश राजधानी जोड्ने सडकको चौडा बनाउने
  • एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक
  • सुरुङमार्गका लागि ६ अर्ब
  • वैकल्पि
  • सेनेटरी प्याड निःशुल्क
  • शिक्षालाई उच्च प्राथमिकता
  • विलाशी सामानको आयात निरुत्साहित
  • नवलपरासीमा फलाम खानी
  • ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहमा हस्तान्तरण गरी मालपोत सेवा अनलाइनमार्फत हुने
  • सबै स्थानीय तहमा कृषि प्राविधक खटाइ एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम
  • तरकारी र मासुमा  आत्मनिर्भर बनाउने
  • सेतो छडी र ब्रेललिपिको पाठ्‍यक्रम निःशुल्क उपलब्ध
  • सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता
  • सीपमूलक तालिममार्फत ५० हजारलाई रोजगारी
  • साना किसान कर्जाबाट ४० हजार रोजगारी
  • २ प्रतिशत ब्याजमा नयाँ ब्यवसायीका लागि सुरुवाती पुँजी
  • कोरोना बिमामा ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने योजना
  • आमसञ्चारमाध्यमको आर्थिक वर्षको नवीकरण शुल्कमा छुट
  • एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन
  • निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था
  • राजमार्गमा ट्रमा सेन्टर बनाउने
  • सबै स्वास्थ्यकर्मीलाई ५ लाखकोे बिमा
  • प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार
  • सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल र सबै प्रदेशमा अत्याधुनिक  प्रयोगशाला
  • पूर्ण खोपयुक्त घोषणा गर्ने योजना
  • प्रदेशलाई ५५ अर्ब १९ समानीकरण अनुदान
  • स्थानीय तहलाई ९० अर्ब समानीकरण अनुदान-स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन

हेरौ :- आर्थिक बर्ष २०७७/०७८ को संसदमा प्रस्तुत बजेटको पुर्ण पाठ ,  बजेट_वक्तव्य_२०७७_website

Comments

ताजा खबर