कोरोना संक्रमित एक हजार नाघे मृत्यु हुनेको संख्या ५ पुग्यो

२०७७, १५ जेष्ठ बिहीबार १५:४३

पाल्पा । पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको छ । बिहीबार १५६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

बिहीबार थप भएका संक्रमित मध्ये दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतका १३ जना रहेका छन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

Comments

ताजा खबर