रैनादेवीछहराका स्वास्थ्यकर्मीहरूकाे काेराेना बिमा

२०७७, १५ जेष्ठ बिहीबार ०६:३५

सन्ताेष गहतराज, पाल्पा । कोरोना जोखिम न्यूनीकरणका लागी रैनादेवी छहरा गाउँपालिकाले स्वास्थ्यकर्मीको बिमा गरिदिएको छ । अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुको कोरोना जोखिम बीमा गरिएको हो ।

काेराेना भाइरसकाे बिषम परिस्थतीमा निरन्तर सेवामा खटिरहेका गाउँपालिका भित्र कार्यरत ५९ जना स्वास्थ्य कर्मी र दुई जना एम्बुलेन्स चालक सहित ६१ जनाको बिमा गरिएको छ । जनही एक लाख बीमाङ्क रकम रकम बराबरको कोरोना बीमा शिखर इन्स्योरेन्स कम्पनी मार्फत गराएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले गाेर्खाली भ्वाइससँकाे कुराकानीका क्रममा बताउनु भयाे । कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम बीमा दावीगरी रकम प्राप्त गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।
गाउँपालिकाका प्रशासकिय अधिकृत खेत बहादुर खत्रीले काेराेना भाइरसकाे विषम परिस्थितिमा जाेखिम बहन गरि स्वास्थ सेवामा लागेका स्वास्थ्य कर्मीहरूकाे स्वास्थ्य बारे मध्येनजर गरि बिमा गरिएको बताउनु भयाे ।

Comments

ताजा खबर