पुतलीबजार नगरपालिकामा कारोना नियन्त्रणका लागी उच्च सतर्कता, विभिन्न समिती गठन र कर्मचारीको कोरोना बिमा

२०७७, १३ जेष्ठ मंगलवार २२:३६

स्याङ्जा । पुतलीबाजर नगरपालिकाले कारोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने स्वस्थ्यकर्मीहरुको कोरोना विमा गर्ने भएको छ । नगर प्रमुख सीमा कुमारी क्षेत्रीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकवाट कोरोना बिमा गर्ने निर्णय गरेको हो ।


कोरोनाको उपचारमा खटिने जन प्रतिनिधि, स्वस्थ्यकर्मी तथा सहयोग गर्ने कर्मचारीहरुको सुरक्षाका निम्ति १ लाख बराबरको कोरोना विमा गर्ने निर्णय गरेको नगर प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
प्रमुख क्षेत्रीका अनुसार “राहत वितरणमा खटिने कर्मचारी तथा जन प्रतिनिधि, कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने स्वस्थ्यकर्मीहरु,भाइरसको रोकथाममा सहयोग गर्ने ब्यक्ति, कोरोना सग सम्वन्धित काममा नगरपालिकाले खटाउने अन्य व्यक्तिहरुमा समेत लागुहुने छ” ।
यसैगरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ताराचन्द्र ढकालको अध्यक्षतामा बसेको विपद् व्यव्यवस्थापन द्रुत प्रतिकार्य समितिले Case Investigation and contact Tracing Team समेत गठन गरेको छ । दुइ समुहमा बिभाजन गरि गठन गरिएको उक्त समुह मध्ये समुह ‘क’ को सँयोजकमा सिअहेव भवानी शकर पोखरेल र सदस्यमा असिस्टेन्ट ल्याव टेक्निसियन साजन सापकोटा र अ हे व दिपक सापकोटा रहेका छन् । समुह ख को सँयोजकमा सिअहेव इश्वर वहादुर थापा, सदस्यमा ल्याव टेक्निसियन पृथ्वी लामिछाने र अहेव मो अख्तर हसिन रहेका छन् ।

समुह क ले वडा न १, २, ४, १०, ११, १२, १३ र १४ तथा समुह ख ले वडा न ३, ५ ,६ ७, ८ र ९ मा कोरोना भाइरसका सँक्रमित भेटीएमा उनिहरुको केस अनुसन्धान तथा खोज पडताल सम्वन्धि काम गर्ने छन् ।

यो संगै समितिले पुतलीबजार नगरपालिकामा डेङ्गु नियन्त्रण थप प्रभावकारी वनाइ बजार क्षेत्रमा रहेका पानी जम्न सक्ने टायर, प्लाष्टिका फालिएका वोटल, टीन हटाउन नगरवासीहरुमा अनुरोध गरेको छ । नगरपालिकाको अनुरोधलाई अटेर गरेमा सो वापतको खर्च सम्वन्धित व्यक्तिलाइ भराउने गरी नगरपालिकाले ब्यवस्थापन गर्ने निर्णय गरेको छ । अटेरी गर्नेलाइ कारवाही गर्न सिफारिस गर्ने एक टोलि गठन गरेको छ । जसको संयोजकमा अधिकृतस्तर सातौँ धन प्रसाद कोइरालारहेका छन ।
पुतलीबजार नगरपालिकाले संक्रमण रोग नियन्त्रण सम्बन्धी गरेको निर्णयको सामाजिक संजालमा निकै प्रसंशा गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु