घुम्टे युवा परिवारको पहलमा अग्नि पिडित खड्कालाई राहत सहयोग

२०७७, १३ जेष्ठ मंगलवार ०९:२६
थमन ठाडा,  बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेका अग्नि पिडित जुक्त बहादुर खड्काको परिवारलाई राहत प्रदान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवारको पहल तथा समन्वयमा संस्थाको पहलमा जापान शाखाका सहसचिव युवा समाजसेवी तुलबिर थापाको आर्थिक सहयोगमा खाद्यान्न सँगै अन्य राहतका सामाग्रीहरु गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापाले हस्तान्तरण गर्नु भएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।
राहतमा ३ बोरा चामल, दाल, नुन, तेल, साबुन, चीनी, चियापत्ती लगायतका सामाग्री सहयोग गरिएको अधक्ष्य थापाले बताउनु भयो । आपतको यो अफ्ठ्यारो परिस्थितिमा आफूले थोरै भए पनि सहयोग होस भन्ने हेतुले राहत सहयोग गरेको संस्थाका जापान शाखा सहसचिव तथा सहयोगदाता तुलबिर थापाले बताउनु भयो । थापा लामो समय देखि जापानमा होटल व्यावसाय गर्दै आउनु भएको छ । गाउँ समाजमा हुने विकास निर्माण देखि आपत विपतमा थापाको उल्लेख्य सहयोग हुँदै आएको छ । राहत सामग्री हस्तान्तरण कार्यक्रममा वडा स्थित जनप्रतिनिधि, घुम्टे युवा परिवारका कार्य समिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो । राहत सामग्री ग्रहण गर्दै खड्का परिवारले सहयोगी थापा र संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् । आगोलागी पछि घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । खाद्यान्न, लत्ताकपडा सँगै घरमा भएका सबै सामाग्री जलेर नष्ट भए पछि खड्का परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन । अग्नि पिडित खड्का परिवारलाई सोमबार नै मिलिजुली महिला समुह मल्मले नगद रु ५ हजार सहयोग गरेको छ त्यस्तै मल्म टोकरी निवासी प्रेमकाजी थापाले नगद रु ४ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु