कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्यो कुल संक्रमीत ६८१ मध्ये १११ निको भए

२०७७, १२ जेष्ठ सोमबार १९:०८

पाल्पा । कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमितको मृत्यु भएर दाहसंस्कार पनी भैसके पछि कोरोना संक्रमण पुष्टि भएको हो । बाराको करैयामाई गाउँपालिका – ७ स्थितका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । त्यही दिन उनका आफन्तले लगेर अन्त्येष्टि गरेका थिए । कोरोना संक्रमितको मृत्यु भएर पनि दाहसंस्कार भैसकेको ८ दिनपछि पुष्टि भएको छ । कोरोनाका सङ्कास्पद बिरामिको मृत्युु पछि उनको परिवारलाई जिम्मा दिनाले समुदायमा त्रास फैलिएको छ ।
यसैगरी सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । ६ जना थपिए संगै सन्क्रमितको कुल ६८१ पुगेको छ भने । आज संक्रमण पुष्टि भएका व्यक्तिहरू १० देखि ३२ वर्षका रहेका  स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार सम्म कोरोनालाई जितेर निको भई १११ जना घर फर्किएका छन ।

Comments

ताजा खबर