एकैदिन थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै कुल संक्रमीत ६ सय ७५ पुग्यो

२०७७, १२ जेष्ठ सोमबार १२:४७

पाल्पा । नेपालमा थप ७२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको प्रेस वक्तव्य अनुसार देशका विभिन्न प्रयोगशालामा भएको कोभिड-१९ परिक्षण बाट नयाँ सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै मुलुकमा संक्रमित संख्या ६ सय ७५ पुगेको छ । अहिले कोभिड-१९ पुष्टि भएका संक्रमितमध्ये रौतहट २६, बारा २३, दैलेख ७, बाँके ४, कपिलवस्तु ३, काठमाडौं ३,धनुषा ३, सप्तरी २, र बर्दियाका १ जना रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित मध्ये एक जना महिला र ७१ जना पुरूष रहेका छन् । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

Comments

ताजा खबर