नेपाल राष्ट्र बैंकको सफा नोट नीति कार्यान्वयन गर्न बैंकहरुलाइ निर्देशन

२०७७, १२ जेष्ठ सोमबार ०७:३०

पाल्पा । नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ । बैंकले तत्कालीन राजाको तस्वीर अंकित नोट बजारमा प्रयोग गर्न नपठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै सफा नोट नीति कार्यान्वयन साथ राजाका तस्बिर अंकित नोट पुनःप्रयोगमा हुने गरी बजारमा नपठाउन निर्देशन दिएको हो । निर्देशन संगै बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट फेरि बजारमा पठाउन पाउने छैनन्। ‘झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई विग्रेको नोटमा रहेका अक्षर अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रंग लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा तत्कालीन राजाको तस्वीर अंकित नोटलाई अयोग्य नोटको रुपमा बर्गीकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीको लागि पठाउन हुँदैन।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक एबम प्रबक्ता डा. गुणाकर भट्ट द्वारा जारी गरेको प्रेस बक्तब्यमा भनिएको छ ।

निर्देशन संगै बैकहरुले मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टर भुक्तानीबाट चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा छुट्याउनुपर्ने र तीन प्रकारको नोटलाई क्रमशः हरियो, सेतो र रातो रंगको क्लिप प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तो क्लिप गर्ने बैंकका कर्मचारीको नाम, परिचयपत्र नम्बर, हस्ताक्षर र मितिसहितको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।

अव चलनचल्तीमा पठाउन अयोग्य नोटलाई बैंक तथा बित्तीय संस्थाले नोटकोष वा नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु