क्वारेन्टाइनमा मदिरा पुर्‍याउनेलाई जरिवाना , यस्तो नगर्न सचेत गरायो ।

२०७७, ११ जेष्ठ आईतवार १५:४७

चितवन । क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ ।

राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो । 

उहाँका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो ।  प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । 

Comments

ताजा खबर