पाल्पाका समजसेवी तथा बरिष्ठ राजनीतिज्ञ शाक्यको निधन

२०७७, १० जेष्ठ शनिबार १६:०८

सन्तोष गहतराज, पाल्पा । पाल्पाका समाजसेवी एवम बरिष्ठ राजनीतिज्ञ चकाेरमान शाक्यको उपचारका क्रममा काठमाडौकाे हरिसिद्वि क्यान्सर हस्पिटलमा निधन भएको छ । तानसेन वडा न ३ निवासी शाक्य नेपाली काङ्ग्रेसका पुर्व नगर सभापति प्रतिद्वन्दी भावना जनपक्षिय नगर प्रमुख उम्मेदवार, सामाजिक अभियान्ताका प्रमुख प्रेरक रहेका थिए । शाक्य नेपाली कांग्रेस पाल्पाका सल्लाहकार, पूर्ब नगर सभापति, वरिष्ठ राजनीतीज्ञ, नेत्रज्योति संघ, तानसेन खानेपानी, लगायतका आधादर्जन संघ सस्थामा नेतृत्व गरेका थिए । पछिल्लो समय काठमाडौंमा क्यान्सरको उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई शनिबार बेलुकीसम्म तानसेन ल्याउने र आइतबार शोक सभा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

शाक्य झण्डै तीन दशक नेपाली कांग्रेस नगर समितिको सभापति रहेका उनी पछिल्लाे समय कांग्रेसका सल्लाहकार थिए । शाक्यकाे निधन पाल्पाली शोकमा छन । शाक्यको निधन भए पश्चात् नेकपा, नेपाली काङ्ग्रेसले दु:ख व्यक्त गरेका छन ।

Comments

ताजा खबर